"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विद्यालयको भवन निर्माणमा तीन जना दोषी ठहर

प्रकाशित मिति :  २१ कार्तिक २०८०, मंगलवार १२:१८


काठमाडौँ । विशेष अदालतले सार्वजनिक सम्पत्ति हिनामिनाको अभियोगमा तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । पर्साको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माण समितिका अध्यक्ष र सदस्य तथा प्रधानाध्यापकलाई अदालतले दोषी ठहर गरेको हो । 

अदालतले सोमबार सजाय निर्धारण गर्दै निर्माण समिति अध्यक्ष कन्हैया साह कानु, प्रधानाध्यापक रामवचन प्रसाद, समिति सदस्य रामचन्द्र साह कानुलाई दुई वर्ष छ महिना कैद सजाय निर्धारण गरेको छ । 

अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य शालिग्राम कोइरालाको इजलासले सोमबार सजाय निर्धारण गरेको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले प्रतिवादीलाई दुई वर्ष छ महिना कैद सजाय र मागदाबी अनुसार बिगो तथा जरिबाना भएको बताउनुभयो । 

अदालतले मागदाबी अनुसार ११ लाख ९५ हजार रुपियाँ जरिबाना र बिगो भराउन आदेश गरेको छ । भवन निर्माणका लागि पेस्की रकम लिई कुनै कार्य नगरी हानिनोक्सानी पु¥याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनै जनाविरुद्ध विशेष अदालतमा मु्द्दा दायर गरेको थियो । 

काम सम्पन्न नगरेको र पेस्की रकमसमेत विद्यालयको खातामा दाखिला नगरेपछि अख्तियारले मुद्दा दायर गरेको थियो । पेस्की रकम लिएर निर्माण सम्पन्न नगरेको, भवन निर्माणका लागि कानुन अनुसार गर्नुपर्ने सम्झौता नगरेको भन्दै आयोगले मुद्दा दायर गरेको थियो । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले २ नेपाली राजदूतलाई अन्‍य २ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । नेपालको संविधानको

काठमाडौं । सरकारले मंसिर ७ र १३ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा

काठमाडौं । सरकारले नेपालमा चल्ने सामाजिक सञ्जालहरू र त्यसको प्रभावबारे प्रारम्भिक अध्ययन अघि बढाएको छ।  प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीका

काठमाडौं / रासस । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ