"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राजनीतिक–सामाजिक चिरफारको दस्तावेज

प्रकाशित मिति :  १९ फाल्गुन २०७८, बिहीबार १३:२७


युवा लेखक आर सी अधिकारीले युवाले देखेको नेपाल पुस्तक मार्फत नेपालको राजनीतिक–सामाजिक चिरफार गरेका छन् । नेपालले धरै राजनीतिक क्रान्तिमा आप्mनो ऊर्जामय समय खर्च गरिसकेको छ । जस्तै, वि.सं. ००७, ०१७, ०४६ र ०६२÷६३ को जन–आन्दोलन गर्ने हरु नै अहिले नेतृत्वमा छन् । राजनीतिक व्यवस्था पटक–पटक परिवर्तन भएपनि नेतृत्व आजसम्म परिवर्तन हुननसक्नु दुखद कुरा हो । नयाँ चिन्तन र समाजको भलो हुने काम गर्ने डा.महावीर पुन, कुलमान घिसिङ, सन्दुक रुइत, डा. गोविन्द केसी. जस्ताको आवाज सुनुवाइ हुँदैन ।

पार्टीमा कुशल र असल मान्छे पाखा लगाइन्छन् । अनि, अक्षम, भ्रष्टाचारी, अपराधी, फटाहा, गुन्डाजस्ता अराजक व्यक्तिलाई निर्णायक बनाइन्छ । शिक्षा र स्वास्थ्यमा राज्य नै व्यापारीकरणमा लागेर कमिशनमा आँखा लगाउँछ । जसको कारणले समाजमा विकृति र विसंगति बढेको छ । परिणामस्वरूप लाखौँ श्रमशक्ति शिक्षित वेरोजगार युवाहरू पलायन भैरहेका छन् । यसको अन्त्यको लागि सरकारले व्यापक नीतिगत सुधारमा जोड दिनु आवश्यक छ । पुस्तकमा भनिएको छ ।


नीति, नियम, ऐन, कानुन पारित गर्दैमा लगानीमैत्री वातावरण बनिहाल्दैन । बाह्य लगानी भित्र्याउनका निम्ति आवश्यक नीतिगत प्रयास गरिनुपर्दछ । लगानीमैत्री वातावरणका लागि सरकारले नीतिगत सुधारमा ध्यान दिनुपर्छ । संसारका जुनसुकै लगानीकर्ताले तीन वटा कुरामा ध्यान दिन्छन् । जस्तै, सुरक्षा, तरलता, मुनाफा पहिला लगानी गर्ने देशमा हेर्छन् । सुरक्षा र तरलता सरकारले सुनिश्चितता दिने कुरा हो ।


यसरी लगानीको वातावरण सरकारले तयार गर्न सकेमा रोजगारी सिर्जना हुने चर्चा गरिएको छ, पुस्तकमा । नेतृत्वले नेपालको प्राकृतिक स्रोत–साधन र भूगोल अनुरूपको विकास मोडल बनाएर देशलाई अगाडि बढाउनुपर्छ । नीतिगत सुधार र लगानीमा सफलता हाँसिल गरेपछि मात्र आर्थिक क्रिपयाकलाप बढ्न सक्छ । अहिले देश कमजोर अवस्थामा रहेको छ । कमजोर देशलाई बलियो पार्ने कमिला र माहुरीजस्ता सक्षम, दूरदृष्टि र मिहिनेती नेतृत्वको अभाव छ । लेखकले मसिनो गरी विश्लेषण गरेका छन् ।


नेपाली कांग्रेसले क्रमशः वि.सं. ०१५, ०४८ र ०५६ सालमा बहुमतको सरकार बनाएको थियो । त्यसैले स्थायी सरकारले मात्र समृद्धि र विकास ल्याउन सक्दैन भन्ने कुरा प्रस्टै छ । किन समृद्धि आएन भन्दा नेपाली जनताको चाहनाअनुरूप सरकार चलेनन् । र, दुई तिहाइमा बनेका सरकार पनि अल्पकालीन मात्र चले । केही प्रगतिशील वा वामपन्थीका सरकार बने । तर, स्थायी रूपमा टिक्न सकेनन् । सरकार नटिक्नुको कारण पद्धति, पारदर्शिता र विधिको शासन व्यवस्थापन अनुरूप काम गर्न नसक्नु थियो । अहिले बहुमत प्राप्त कम्युनिस्ट सरकारले रातारात विकास गर्छ भन्ने पनि होइन ।

यसका लागि संस्थागत विकास र पद्धति निर्माण गरिनु आवश्यक छ । राणाहरू भन्ने गर्थे–नेपालमा विकास नहुनु भनेको कमजोर शासक, भारदारहरूको किचलो र छिमेकीको अनावश्यक लडाइँ हो । राजा महेन्द्र पनि भन्थे–राजनीतिक स्वतन्त्रता र धेरै राजनीतिक पार्टीहरू नै विकासका बाधक हुन् । कांग्रेस भन्छ–सरकारले मात्र विकास गर्न सक्दैन । निजी क्षेत्रलाई पनि जिम्मा दिनुपर्दछ । कम्युनिस्ट भन्छन्– बुर्जुवा शिक्षाले देशमा विकास हुन सकेन । यी सबै कुरा हात्ती आयो, हात्ती फुस्सा जस्तै भएका छन् । सबैले एकअर्कालाई दोष देखाएर उम्कने दाउ मात्र हो । यस्ता चिन्ता, चासो, गुनासो र सुझावले भरिपूर्ण रहेको छ, युवाले देखेको नेपाल ।

अधिकांश जनतामा स्वाभिमानी देशको झन्डा नबोकी राजनीतिक पार्टीको झन्डा बोकेर आप्mनो कर्तव्य बिर्सेर खाली अधिकार मात्रै खोज्ने प्रवृत्ति छ । यसरी देशमा कसरी विकास हुन्छ ? निःस्वास्र्थ बनेर मुलुक र जनताको सेवामा समर्पित हुनुपर्ने अधिकांश नेताहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । निश्पक्ष न्याय, निसाफ दिनुपर्ने न्यायमूर्ति बिचौलियाको इसारामा फैसला गर्न तछाँडमछाँड गर्छन् । राष्ट्रसेवक बनेर सेवाग्राहीको सेवा गर्नुपर्ने कर्मचारीलाई सरकारले ‘म भ्रष्टाचार गर्दिनँ भनेर सपथ खुवाइराख्नु कस्तो विडम्बना होला ! सबैले आ–आप्mनो क्षेत्रबाट इमानदारीपूर्वक काम गर्न हो भने देश बनाउन धेरै समय लाग्दैन ।


इमानदार, नीति–नियममा रहेर काम गरिए विकास र समृद्धि टाढा छैन । कुनै पनि देशको नेतृत्व जनताप्रति पूर्ण बफादार, इमानदार भई राज्यप्रति पूर्ण विश्वास र भरोसा गर्नु, राज्यको हरेक भौतिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु आवश्यक देखिन्छ । विकसित देशहरूमा इमानदार, बफादार नेतृत्वशैली भएको पाइन्छ । नेतृत्व सकारात्मक, शिक्षित र इमानदार भए देशको विकास हुन धेरै समय लाग्दैन ।


उदाहरणका लागि, चीन, कोरिया, थाइल्यान्ड, मलेसिया, भियतनाम, सिंगापुर र हङकङलाई लिन सकिन्छ । अधिकारीको ठम्याइ रहेको छ । पुस्तकले विगत झन्डै ७० वर्ष अघिदेखि वर्तमानसम्मका यावत विषयमाथि निर्मम ढंगले चिरफार र समीक्षा गरेको छ । पुस्तक युवादेखि वृद्धसम्म, नेतादेखि कर्मचारीसम्म, बौद्धिक र प्राज्ञिक वर्ग सबैका लागि उत्तिकै संग्रहणीय रहेको छ । यो पुस्तकलाइ विशेषगरी विद्यालय तहको शिक्षामा समावेश गर्न सकेमा बालबालिकाहरुलाई नेपालको राम्रो ज्ञान हाँसिल हुनसक्छ । नेपालको खम्बा, भविष्यका देश हाँक्ने जमातलाई पुस्तकले राम्रो मार्गनिर्देशन पनि गरेको छ । पुस्तकको साजसज्जा भने आकर्षक रहेको छ । तसर्थ यो पुस्तक सबैले एकपटक पढ्नैपर्ने देखिन्छ ।

   



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सार्वजनिक क्षेत्रमा वित्तीय जवाफदेहीताको माध्यम मात्र होइन कि बजेट निर्माण आम सरोकारको विषय पनि हो । त्यसो त बजेट भनेको

सङ्घीय संसद्को निर्वाचन भएपश्चात् एक वर्षमा दुई अधिवेशन सकिएर तेस्रो अधिवेशनको तयारीमा छ सरकार । जनताबाट निर्वाचित भएर संसद्मा आएका

सन् २०२४ मा ७६ देशमा हुने निर्वाचनमा विश्वको आधाभन्दा धेरै जनसङ्ख्याले तिनीहरुको स्थानीय नगरप्रमुखदेखि केन्द्रीय प्रतिनिधि अर्थात राष्ट्रपति, प्रधानमन्त्री, चान्सलर

नेपालले अर्थतन्त्रको आकार बढाउनुपर्नेछ। नयाँ अवसर र सम्भावनाको खोजी गर्नुपर्ने आवश्यकता छ। नयाँ-नयाँ रोजगारी सृजना गर्दै आर्थिक गतिविधि बढाउनुपर्नेछ। अर्थतन्त्रमा