"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले

प्रकाशित मिति :  १८ कार्तिक २०८०, शनिबार १३:५५


विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार मुख्यमन्त्री केदार कार्कीले सत्तारूढ गठबन्धन दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई सहभागी गराएपछि शनिबार एमाले सरकारबाट बाहिरिएको हो ।

शनिबार बिहान एमालेबाट विनाविभागीय मन्त्री बनेका राम रानाले राजीनामा बुझाएका छन् । शनिबार बिहान मन्त्री रानाले मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएका रानाले सहमति कार्यान्वयन नभएपछि राजीनामा बुझाएको बताए ।

मन्त्रीको राजीनामा पछि एमाले र विद्रोही कांग्रेसको सहकार्य २० दिनमै टुटेको छ । शुक्रबार गठबन्धन दल नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगुलाई मुख्यमन्त्री केदार कार्कीले विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । गठबन्धन दललाई सरकारमा सहभागी गराएपछि शुक्रबार नै एमालेले राजीनामा बुझाउन खोजेको थियो । शनिबार बिहान मन्त्री राम रानाले मुख्यमन्त्रीको सरकारी निवासमा पुगेर राजिनामा बुझाएका हुन् ।

कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेका कार्की नेकपा एमालेको समर्थनमा २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए । २८ असोजमा सपथग्रहण गरेका उनले सोही दिन एमालेबाट राम राना र कांग्रेसबाट शम्शेर राईलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । १ कात्तिकमा उनलाई राप्रपा बाहेक सबै दलले विश्वासको मत दिएका थिए ।

शपथग्रहण पछि कार्कीले सर्वदलीय सरकार गठनको प्रयास गरेका थिए  । गठबन्धनलाई सहभागी गराए सरकार छाड्ने एमालेको अडान र एमालेलाई बाहिर राख्नुपर्ने कांग्रेससहित गठबन्धन दलको दबाबका कारण उनले निर्णय लिन सकेका थिएनन् ।

शुक्रबार बिहान सत्तारुढ गठबन्धन दलसँगको छलफलपछि उनी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक/एक जनालाई सरकारमा  सहभागी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जाजरकोट । नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले भुकम्प प्रभावित जाजरकोटका विद्यालयको पुन निर्माण गर्ने क्रममा श्री भेरि त्रिवेणि माध्यामिक विद्यालयमा

काठमाडौं । सरकारले नेपालमा चल्ने सामाजिक सञ्जालहरू र त्यसको प्रभावबारे प्रारम्भिक अध्ययन अघि बढाएको छ।  प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीका

काठमाडौं । नेकपा एमालेले बैतडीको झुलाघाटबाट मेची-महाकाली अभियान सुरु गरेको छ । अभियानको अध्यक्ष केपी शर्मा ओलीले आज बिहान उद्घाटन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको महोत्तरीको जलेश्वरमा जारी संयुक्त बैठकबाट पार्टीको मुख्य राजनीतिक मार्ग टुंगो