"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

प्रकाशित मिति :  १५ कार्तिक २०८०, बुधबार १२:००


काठमाडौं । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।

यो राष्ट्रिय सभामा रहेका सबै दलका सांसदहरुले संयुक्त रुपमा दर्ता गरेको गैरसरकारी विधेयक हो ।

राष्ट्रिय सभाबाट पारित विधेयक अब प्रतिनिधि सभामा जानेछ । प्रतिनिधिसभा नियमावली र संघीय संसदको संयुक्त बैठक सञ्चालन नियमावलीका अनुसार प्रतिनिधि सभाका कुनै सदस्यले यो विधेयकलाई अगाडि बढाउनुपर्ने हुन्छ । प्रतिनिधि सभाले पनि स्वीकार गरेर अगाडि बढाएको खण्डमा यसले कानुनको रुप लिन्छ ।

हाल सरकारले राष्ट्रिय मर्यादा तय गरेर राजपत्रमा प्रकाशन गर्ने गर्दछ । प्रस्तावित विधेयकले कानुनको रुप लिए मर्यादाको विषय कानुनमै व्यवस्थित हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेले बैतडीको झुलाघाटबाट मेची-महाकाली अभियान सुरु गरेको छ । अभियानको अध्यक्ष केपी शर्मा ओलीले आज बिहान उद्घाटन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको महोत्तरीको जलेश्वरमा जारी संयुक्त बैठकबाट पार्टीको मुख्य राजनीतिक मार्ग टुंगो

काठमाडौं । देश संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलोपटक प्रदेश सम्मेलन गर्न लागेको छ । पार्टीका सबै तहले प्रत्येक वर्ष

चितवन । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै