"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच भेटवार्ता

प्रकाशित मिति :  १४ कार्तिक २०८०, मंगलवार १०:५३


काठमाडौं । अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र सयुक्त राज्य अमेरिकाका विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनबीच भेटवार्ता भएको छ। गएराती वासिङ्टनडिसीमा भएको भेटवार्तामा दुई पक्षीय सम्बन्ध,  क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा कुराकानी भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले नेपालको विकासका लागि व्यापार तथा लगानी, कृषि, खाद्य सुरक्षा, प्रविधिको विकास तथा विस्तारका बारेमा कुरा राखेका थिए। मन्त्री साउदले नेपालको व्यापार विकासका लागि सहयोग गर्न पनि समकक्षी ब्लिन्केनसँग आग्रह गरेका थिए। भेटका क्रममा मन्त्री साउदले नेपालको आर्थिक र सामाजिक विकासका लागि अमेरिकी सरकारले गरेको सहयोगकाप्रति आभार व्यक्त गर्दै थप सहयोगका लागि आग्रह गरेका थिए।

एमसीसी अन्तर्गतका परियोजना कार्यान्यवनका लागि दुवै पक्षले प्रतिवद्धता समेत व्यक्त गरेको विज्ञप्तीमा उल्लेख छ। मन्त्री ब्लिन्केनले लोकतान्त्रिक शासन मजवुद बनाउन नेपालले महत्वपूर्ण भूमिका खेलेको बताउँदै नेपाललाई समृद्ध लोकतान्त्रिक मुलुकका रूपमा देख्न चाहेको बताएका थिए।

उनले नेपालको समग्र विकासका लागि सहयोग गर्न अमेरिका सदैब तयार रहेको पनि बताएका थिए। भेटघाटका क्रममा उनले ब्लिन्केनलाई नेपाल भ्रमणका निमित्त औपचारिक निम्तो पनि दिएका छन्। सन् २०१८ पछि पहिलो पटक नेपाली परराष्ट्र मन्त्रीले अमेरिकाको औपचारिक भ्रमण गरेका हुन्। उनी अमेरिकी समकक्षी ब्लिन्केनको निम्तोमा १२ गते अमेरिका प्रस्थान गरेका थिए।  

सन् २०१८ को डिसेम्बरमा अमेरिका भ्रमण गरेका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समकक्षी माइक पम्पेओलाई भेटेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विपक्षी दलहरू उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ सुन्न तयार भएका छन् । विपक्षी दलहरुको आइतबार बसेको बैठकले

काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक जारी छ । बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय

काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउनु पर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् । शुक्रबार नेपाली कांग्रेसको