"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदमा बैंकिङ कसूरसम्बन्धी ऐनको संशोधन विधेयक पेश

प्रकाशित मिति :  १२ कार्तिक २०८०, आईतवार १७:०४


काठमाडौं । बैंकिङ कसूरसम्बन्धी ऐनको संशोधन विधेयक प्रतिनिधि सभामा पेश भएको छ । अर्थमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उक्त विधेयक प्रतिनिधि सभामा पेश गरेका हुन् । चेक अनादरसम्बन्धी व्यवस्थालाई संशोधन गर्न ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ १६ असोज २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो ।

विधेयकको विरोधको सूचनाका सन्दर्भमा उठेका प्रश्नहरुको जवाफ दिँदै कानुन न्याय तथा संसदीय मामिला मन्त्री गुरुङले बैंक तथा वित्तीय कारोबारमा हुन सक्ने चेक अनादर जस्ता कसूरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन विधेयक ल्याइएको बताए । यस्तो कार्यउपर हुने सजाय र अदालती प्रक्रियालाई अझ पारदर्शी तथा सरलीकरण बनाउने सम्बन्धमा कानुनी व्यवस्था गर्न विधेयक आवश्यक रहेको उनले बताए ।

सांसद प्रेम सुवालले दिएको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि चेक अनादरसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश भएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको

काठमाडौँ । सहकारी छानबिनको विषयमा सत्तारुढ दल र प्रमुख विपक्षी दलबीच कुरा नमिल्दा कांग्रेसले बिहीबार राष्ट्रिय सभामा अवरोध जारी राखेको

काठमाडौँ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्। उनी