"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बुद्धिसागरको पाँचौं कृति ‘उसले दिएको उमेर’ सार्वजनिक

प्रकाशित मिति :  १२ कार्तिक २०८०, आईतवार १५:३५


काठमाडौँ । लेखक बुद्धिसागरको संस्मरणात्मक पुस्तक ‘उसले दिएको उमेर’ बजारमा आएको छ। लेखक बुद्धिसागरले डिजिटल माध्यमबाट पुस्तक सार्वजनिक गरेका छन्। उपन्यास ‘एक्लो’ प्रकाशन भएको नौ महिनापछि लेखक बुद्धिसागरले नयाँ कृति सार्वजनिक गरेका हुन्।

‘एउटा पुुस्तक प्रकाशन भएपछि नयाँ पुस्तक कहिले आउँछ भनी पाठकहरूले प्रश्न गर्ने गर्नुहुन्छ। यसअघि मैले दुईतीन वर्षपछि अर्को पुस्तक ल्याउने गर्थें। तर यसपालि मैले आफैँलाई मनपरेका मेरा केही संस्मरणलाई यो पुस्तकमा उतारेको छु,’ लेखक बुद्धसागर भन्छन्, ‘यो उपन्यास, कविताभन्दा पनि मेरो जीवनका केही स्मृति हुन्, जसलाई म मेरा पाठकहरूसँग साझा गर्न चाहन्छु।’

पुस्तक ‘उसले दिएको उमेर’ मा पनि बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्ने प्रकाशक फाइनप्रिन्टले जनाएको छ।

एउटा मानिस यत्तिकै उमेरका खुट्किला उक्लिँदैन। उसले अनेक तीतामीठा घटनाका जङ्घार तर्नुपर्ने हुन्छ। पुस्तक ‘उसले दिएको उमेर’मा पनि त्यस्तै जङ्घार छन्, जो सबै मानिससित गाँसिन्छन्। लेखक भन्छन्, ‘साइकिल सिक्दा गोडामा लागेका खत अझै छन्। सोच्छु— हरेक सिकाइका खत कहीँकतै रहिरहन्छन्, कुनै देखिन्छन्, कुनै देखिँदैनन्।’ तसर्थ यो पुस्तक लेखकको स्मृति मात्र होइन, उनले सुनाउन चाहेका खत हुन्।

बुद्धिसागरको पाँचौं कृति हो, ‘उसले दिएको उमेर’। कैलालीमा जन्मिएका बुद्धिसागरको किशोरावस्था कालीकोटको मान्ममा बितेको हो। ०६० सालको राष्ट्रिय कविता महोत्सवमा स्वर्णपदक जितेका उनले ०६६ सालमा नेपाल सरकारबाट प्रतिभा पुरस्कार प्राप्त गरेका छन्।

सन् २०१९ मा इन्टरनेसनल राइटिङ प्रोग्रामका मानार्थ फेलो रहेका उनको पुस्तक ‘कर्नाली ब्लुज’को अङ्ग्रेजी अनुवाद सोही नाममा प्रकाशित छ। उनका ‘फिरफिरे’ र ‘एक्लो’ उपन्यास अनि कवितासङ्ग्रह ‘बुद्धिसागरका कविता’ फाइनप्रिन्टबाटै प्रकाशित छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । राजनीतिमा कलम चलाउँदै शासक र प्रशासकहरूलाई प्रश्न गर्दै आएका विष्णु सापकोटाको पहिलो उपन्यास ‘अडिएका पाइला’ शनिबार प्रज्ञाप्रतिष्ठानको डबलीमा लोकार्पण

काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको आत्मवृत्तान्त ‘राष्ट्र–परराष्ट्र : एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक मंगलबार सार्वजनिक भएको छ । पुस्तक पञ्चायती व्यवस्थादेखि गणतन्त्रसम्म आइपुग्दा

काठमाडौँ । फिल्म ‘दिमाग खराब’ काे प्रदर्शन नरोकिने भएको छ। फिल्म निर्माण कम्पनी सिनेमा आर्ट्स र नेपाल चलचित्र संघबीचको सो

काठमाडौँ ।  हलमा आजदेखि फिल्म ‘दिमाग खराब’ प्रदर्शन भइरहेको छ।  जनता र शक्तिको कथामा बनेको फिल्मका निर्देशक निश्चल बस्नेत हुन्।