"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत

प्रकाशित मिति :  २६ आश्विन २०८०, शुक्रबार १८:३६


काठमाडौं । राष्ट्रिय सभाको आजको दोस्रो बैठकले ‘सहसद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका थिए। 

उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरू देवेन्द्र दाहाल, सुरेश आलेमगर, शारदादेवी भट्ट, भुवनबहादुर सुनुवार, डा. विमला राई पौडेल, नारायणप्रसाद दाहाल, गंगाकुमारी बेल्वासेले भाग  लिएका थिए। 

कैलालीको गोदावरी नगरपालिका– ४ स्थित निर्माणाधीन गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रूपमा रूपान्तरण गर्न तथा चिकित्सा शिक्षामा गुणस्तरीय अध्ययन–अध्यापन गराउन सरकारले यो विधेयक प्रस्तुत गरेको हो। सो विधेयक यही असोज १९ गते सभामा दर्ता भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही असोज ३० गते १ बजे बस्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको

काठमाडौँ । सहकारी छानबिनको विषयमा सत्तारुढ दल र प्रमुख विपक्षी दलबीच कुरा नमिल्दा कांग्रेसले बिहीबार राष्ट्रिय सभामा अवरोध जारी राखेको

काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम