"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विद्यालय शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफल हुने

प्रकाशित मिति :  २५ आश्विन २०८०, बिहीबार १६:१०


काठमाडौँ- विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि  प्रतिनिधिसभाको  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बिहीबार प्रतिनिधिसभामा उक्त विधेयक दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए।

उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरेका हुन्। विधेयकमा सरकार र नेपाल शिक्षक महासंघबीच भएका सहमतिलाई सम्बोधन हुने गरी संशोधन प्रस्ताव पेस भएका छन्। असोज २१ गते सैद्धान्तिक छलफल सकिएर सदस्यलाई संशोधन दर्ताका लागि बुधबार दिउँसो ४ बजेसम्म समय दिइएको थियो।

विधेयकमा संशोधनमा असोज ५ गते नेपाल शिक्षक महासंघ र असोज १२ गते राहत शिक्षक केन्द्रीय समितिसमेतसँग भएका सहमतिका बुँदालाई समावेश गर्ने गरी प्रमुख दलका सचेतकहरूको समन्वयमा संशोधन प्रस्तुत गरिएको छ। उक्त विधेयकमा सांसदले संयुक्त र एकल रूपमा एक सय ५० भन्दा बढी संशोधन दर्ता गराएका छन्।

रकारले संसद्ंमा विधेयक दर्ता गरेपछि महासंघले काठमाडौँ केन्द्रित आन्दोलन गरेको थियो। आन्दोलनपछि भएको वार्तामा विभिन्न बुँदामा संशोधनका लागि सहजीकरण गर्ने सहमति भएको थियो। सोही बुँदा विधेयकमा संशोधनका रूपमा समावेश गरिएको हो। अब उक्त विधेयकमा  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफल हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले मंसिर ७ र १३ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा

काठमाडौं / रासस । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ

काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन

काठमाडौँ । प्रहरी समायोजनको माग गर्दै प्रदेश सरकारका गृहमन्त्रीहरू काठमाडौंमा जम्मा भएका छन् । संघीय सरकारले संविधानले व्यवस्था गरेका अधिकार प्रत्यायोजन