"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले सुदूरपश्चिम अधिवेशनः अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

प्रकाशित मिति :  २३ आश्विन २०८०, मंगलवार १२:२२


धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश अधिवेशनमा अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ। प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरू तीनै जना अछामका हुन्।

अध्यक्षमा कञ्चनपुरका बचनबहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन्। तिमिल्सिनालाई प्रदेशका निवर्तमान अध्यक्ष दामोदर भण्डारी लगायतको समर्थन रहेको छ। जैसीलाई पोलिटब्युरो सदस्य कर्ण थापा लगायतको समर्थन रहेको बताइएको छ।

निर्वाचन समितिले मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो। अहिले पनि उम्मेदवारी दर्ता भइरहेको निवर्तमान प्रदेश अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए। साढे ११ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए। उम्मेदवारी फिर्ता गर्न निर्वाचन समितिले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ। 

निर्वाचन तालिकाअनुसार मंगलबार दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। निर्वाचन समितिले दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बेलुकी ५ बजेदेखि मतदान सुरू गर्ने बताएको छ। यद्यपि यसबीचमा सहमतिको प्रयास गरिने हुँदा निर्वाचन आजै हुनेमा प्रतिनिधिहरूले शंका गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सदन र सडकलाई जोड्दै संसद्‌मा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

काठमाडौँ – राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार

काठमाडौँ – मौसमजन्य विपद्मा परी शुक्रबार अपराह्नसम्म मुलुकभर १ सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्मा परी काठमाडौँ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले विधान परिमार्जन गर्न ११ सदस्यीय विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । बिहीबार पार्टी केन्द्रीय