"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोरोना खोपको अनुसन्धान गर्ने दुई चिकित्सकले पाए चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार

प्रकाशित मिति :  १५ आश्विन २०८०, सोमबार १८:०१


एजेन्सी । यसपालिको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार कोभिड-१९ विरूद्धको खोपमा प्रयोग भएको प्रविधिमा अनुसन्धान गरेका दुई जना वैज्ञानिकले पाएका छन्। नोबेल पुरस्कार समितिले सोमबार वैज्ञानिकहरू क्याटलिन कारिको र ड्रयु वेसम्यानलाई मेसेन्जर आरएनए भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो।

सन् १९५५ मा हंगेरीमा जन्मिएकी कारिको अहिले हंगेरीको जेगेड युनिभर्सिटी र अमेरिकाको युनिभर्सिटी अफ पेन्सिलभेनियामा आवद्ध छन्। १९५९ मा अमेरिका जन्मिएका वेसम्यान पनि अहिले युनिभर्सिटी अफ पेन्सिलभेनियामै आवद्ध छन्। सन् २०१९ को अन्त्यबाट संसारभरि कोभिड महामारी सुरू भएको थियो। कुनै खोप र उपचार नभएको कोभिड-१९ ले संसारका झन्डै ७० लाख मानिसको मृत्यु भएको छ।

केही समयपछि वैज्ञानिकहरूले कोभिडविरूद्ध विभिन्न किसिमका खोप बनाएका थिए। त्यसमध्ये फाइजर, मोडेर्नाजस्ता खोपमा मेसेन्जर आरएनए प्रविधि प्रयोग गरिएको थियो।   



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमा घोषणा गरेजस्तै युद्धविरामका लागि सहमति भएको भारत र

काठमाडौँ – पानी पर्न थालेकाले डेंगु सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी

काठमाडौं – अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसेकै स्थानमा ‘प्रस्थान विन्दु’ (प्रथम सेवा विन्दु) कायम गरेर सेवा लिन सक्ने

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर सरकार अघि बढिरहेको बताएका छन्। बुधबार इन् साइट