"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पशुपतिनाथ जलहरी प्रकरण : भ्रष्टाचार आरोपमा तत्कालीन सदस्य सचिव र कोषाध्यक्षविरुद्ध मुद्दा दायर

प्रकाशित मिति :  1 October, 2023 5:26 pm


काठमाडौं । पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव र तत्कालीन कोषाध्यक्षविरुद्ध एक करोड १७ लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौँमा तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष हाल सदस्य सचिव मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार ढकाल र थापाले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको एक करोड १७ लाख एक हजार ७८१ रुपियाँ ८५ पैसा भ्रष्टाचार गरेको अभियोग लगाइएको छ । 

अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा