"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

किन भए भारतका विक्रम र प्रज्ञान चन्द्रमामा निस्कृय ?

प्रकाशित मिति :  ९ आश्विन २०८०, मंगलवार १३:११


काठमाडौं । भारतले चन्द्रयान ३ मार्फत चन्द्रमामा पठाएका प्रज्ञान रोभर र विक्रम ल्यान्डर सुतेको सुत्यै भएका छन् । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोका वैज्ञानिकहरूले प्रज्ञान रोभर र विक्रम ल्यान्डरसँग सम्पर्क बनाउने प्रयास भए पनि कुनै पनि संकेत प्राप्त नभएको बताएका छन् ।

चन्द्रयानमार्फत गएका विक्रम र प्रज्ञानले १४ दिनसम्म चन्द्रमाबाट विभिन्न डाटा संकलन गरेर पृथ्वीमा पठाएका थिए । त्यसपछि भारतीय वैज्ञानिकहरुले चन्द्रमामा घाम अस्ताउन थालेकाले ४ सेप्टेम्बरमा प्रज्ञान र विक्रमलाई स्लिप मोडमा राखेका थिए । चन्द्रमामा १४ दिन लामो रात र १४ दिन लामो दिन हुन्छ । त्यसैले सौर्य शक्तिबाट चल्ने यी उपकरण सूर्यको प्रकाशबिना चल्न नसक्ने भएकाले १५–१६ दिनका लागि स्लिप मोडमा राख्नु परेको थियो ।

जस अनुसार चन्द्रमामा घाम उदायपछि २२ सेप्टेम्बरमा उनीहरुले विक्रम र प्रज्ञानलाई सक्रिय गराउने योजना बनाएका थिए । तर त्यो दिन असफल भएपछि उनीहरुले २३ सेप्टेम्बरमा त्यो प्रयास गरे । तर सफलता प्राप्त भएन । चन्द्रमामा अझै केही दिन घाम लागि रहने भएकाले घाम रहुञ्जेल सम्पर्क गर्ने प्रयास जारी राख्ने इसरोको योजना छ । तर इसरोका प्रमुख एएस किरणकुमारले प्रज्ञान र विक्रम पुन सक्रिय हुने संभावना सकिँदै गएको बताएका छन् ।

चन्द्रमाको दक्षिणी ध्रुव जहाँ प्रज्ञान र विक्रम छन्, त्यो ठाउँमा रातको समयमा तापक्रम माइनस १३० डिग्रीसम्म चिसो हुन्छ ।अमेरिकी अन्तरिक्ष एजेन्सीे नासाका अनुसार त्यहाँका कुनै कुनै ठाउँमा त तापक्रम माइनस २५३ डिग्रीसम्म पुग्छ । चन्द्रमाको त्यो चिसोका कारण विक्रम र प्रज्ञानका कुनै उपकरणमा क्षति पुगेकाले सम्पर्क नभएको हुन सक्ने उनी बताउँछन् ।

विक्रम र प्रज्ञान फेरि सक्रिय भए उनीहरले पहिलाको जस्तै चन्द्रमाका बारेमा थप जानकारी पठाउने छन् । तर सक्रिय भएनन् भने यिनीहरु भारतको दूतका रुपमा चन्द्रमामै बस्ने इसरोले बताएको छ ।

पृथ्वीमा फिर्ता ल्याउन महँगो

प्रज्ञान र विक्रम जस्ता उपकरणको काम चन्द्रमाको जानकारी संकलन गर्नु र त्यसलाई पठाउनु हो । चन्द्रमामा यसअघि जति पनि देशले यान पठाएका छन् । उनीहरुले यस्ता उपकरण फिर्ता ल्याएका छैनन् । फिर्ता नल्याउनुको कारण हो यसमा लाग्ने खर्च । वैज्ञानिकहरुका अनुसार यसलाई पठाउन जति खर्च लाग्छ फिर्ता ल्याउन पनि त्यत्तिनै थप खर्च गर्नु पर्ने हुन्छ । उपकरण फिर्ता गर्न लाग्ने खर्चले अर्को अन्तरिक्ष मिसन चलाउन सकिन्छ ।

पृथ्वीमा फिर्ता नहुने भएपछि यस्ता उपकरण चन्द्रमामा नै रहन्छन् र त्यसबाट कुनै काम पनि लिन सकिँदैन । यस्ता उपकरणमा कुनै पनि डाटा भण्डारण नहुने भएकाले पछि अर्को देशले फेला पारे पनि उपयोगी हुँदैन ।

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनका दुई उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्प बीच लाइभ बहस हुने भएको छ । यो

काठमाडौँ । ७० प्रतिशतभन्दा बढी आप्रवासी कामदार गर्मी र जलवायु परिवर्तनको जोखिममा परेको एक अध्ययन देखाएको छ। नेशनल इन्स्टिच्युट अफ अकुपेशनल

एजेन्सी, वीवीसी । दक्षिण कोरियामा प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डिपीके) ले आम चुनावमा बहुमत प्राप्त गरेको छ। बुधबार भएको

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन्