"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोशीमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार

प्रकाशित मिति :  ९ आश्विन २०८०, मंगलवार ११:५२


विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका मुख्यमन्त्री कार्कीले सोमबार दुई मन्त्री र दुई राज्यमन्त्री थप गरे । नयाँ मन्त्री थप भएसँगै मन्त्रिपरिषद् नौ सदस्यीय भएको छ ।

मुख्यमन्त्री कार्कीले आज बुद्धिकुमार राजभण्डारी र लीलाबल्लभ अधिकारीलाई मन्त्री नियुक्त गर्नुभएको छ भने रामप्रसाद महतो र निरन राईलाई राज्यमन्त्री नियुक्त गरेका छन् । मन्त्रिपरिषद् विस्तारसँगै यस अघि खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री रहेका तिलकुमार मेन्याङ्बो लिम्बूको जिम्मेवारी परिवर्तन गरी स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

सोमबार नियुक्त लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् भने बुद्धिकुमार राजभण्डारी खानेपानी सिंचाई तथा उर्जा मन्त्री बनेका छन् । यस्तै, रामप्रसाद महतो कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेका छन् ।

मन्त्रिपरिषद् विस्तारपछि पनि मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी साथमै राखेका छन् ।

सर्वोच्च अदालतले अघिल्लो सरकारको वैधानिकता अन्त्य गरेपछि भदौ २२ गते संविधानको धारा १६८९३० बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको नेताको हैशियतमा हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएक थिए । सोही दिन उनले तीन मन्त्री र एक राज्यमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । उनले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जाजरकोट । नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले भुकम्प प्रभावित जाजरकोटका विद्यालयको पुन निर्माण गर्ने क्रममा श्री भेरि त्रिवेणि माध्यामिक विद्यालयमा

काठमाडौं । सरकारले नेपालमा चल्ने सामाजिक सञ्जालहरू र त्यसको प्रभावबारे प्रारम्भिक अध्ययन अघि बढाएको छ।  प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीका

विराटनगर । कोशी प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकबाट आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक

काठमाडौँ । लोकसेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदमा कर्मचारी माग गरेको छ। प्रदेश निजामति सेवा र स्थानीय सेवाका सहायक चौथो तहका