"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वैदेशिक रोजगारी समिक्षा : पछिल्लो छ महिनामा १ लाख ६७ हजार बाहिरिए

प्रकाशित मिति :  १७ फाल्गुन २०७८, मंगलवार २१:३६


काठमाडौँ । कोभिड–१९ को असर कम भएसँगै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि बढ्न थालेको छ । जसअनुसार गत साउनदेखि पुससम्म १ लाख ६७ हजार ५ सय १३ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब ११ गुणा बढी हो । २०७७ को साउनदेखि पुससम्म १५ हजार ४९ जनाले मात्र वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या ८९ प्रतिशतले घटेको थियो । साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारीका लागि पुनस् श्रम स्वीकृति लिने नेपालीको संख्या २९८.१ प्रतिशतले बढेर १ लाख ३० हजार २ सय १२ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या फेरि बढ्न थाले पनि रेमिट्यान्स आप्रवाह भने गत साउनयता लगातार घटिरहेको छ । यो अवधिमा हुन्डीलगायत विदेशबाट पैसा पठाउने गैरकानुनी माध्यमहरु सक्रिय हुनुका साथै क्रिप्टोकरेन्सी लगायत हाइपर फण्डमा लगानी बढेकाले रेमिट्यान्स प्रभावित भएको जानकार बताउँछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०८०-८१ मा एक हजार ३४६ युवाले ज्यान गुमाएका छन्

काठमाडौँ – आर्थिक वर्ष २०८०/८१ मा सात लाख ५४ हजार युवा बैदेशिक रोजगारीको खोजीमा ९१ देश पुगेका छन्। वैदेशिक रोजगार विभागका

काठमाडौँ । वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ । विभागले एक सूचना

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय ताहाचल अब दैनिक तीन सिफ्टमा सञ्चालन हुने भएको छ। श्रम स्वीकृतिमा ढिलाइ नगर्न श्रम,रोजगार तथा सामाजिक