"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जनताले पार्टीसँग आक्रोशसँगै विकल्प पनि खोज्न थालिसके : अर्जुननरसिंह केसी

प्रकाशित मिति :  25 September, 2023 6:23 pm


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेताहरू पार्टी कब्जा गर्न खोजिरहँदा जनता भने अर्कैको कब्जामा गइसकेको बताएका छन्। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा केसीले अहिलेको निराशा र असन्तुष्टिबाट जनताले पार्टीसँग आक्रोशसँगै विकल्प पनि खोज्न थालिसकेको बताएका हुन्।

उनले कांग्रेसका नेताहरु पार्टी कब्जाको दौडमा निस्किरहँदा जनता भने अन्य कसैले पकडमा लिइरहेको बताएका छन्। ‘हामी अहिले आ-आफ्नो ढंगले पार्टी कब्जाको दौडमा छौँ। सभापतिजीले पनि गरिराख्नुभएको होला, हामी पनि गरिराखेका छौँ’, उनले भने, ‘हामी सबै पार्टी कब्जा गर्न खोजिरहेका छौँ, जनता अर्कैले कब्जा गरिसकेका छन्।’

केसीले अहिलेको निराशा र असन्तुष्टिबाट जनता ठूला दलबाट आक्रोशित मात्रै नभएर विकल्प खोज्न लागिसकेको सुनाए। यदि जनताले विकल्प खोज्न थालेको कुरालाई आत्मसाथ नगरे आगामी निर्वाचनमा ठूलै संकट आउने उनले बताए।

केसीले काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउँछु भन्दा पनि लाखौँको समर्थन आउनुलाई गम्भीर भने। ‘सिंहदरबारमा आगो लगाउँछु भन्दा पनि लाखौँको समर्थन मिलिरहेको छ’, उनले भने, ‘समाजको मनोविज्ञान अराजकतातर्फ धकेलिएको छ।’ केसीले नेताहरू आपसमा नजुटे धेरै क्षति बेहोर्नुपर्ने पनि बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन