"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसियाली खेलकुदका लागि क्रिकेट खेलाडीहरूको बिदाइ

प्रकाशित मिति :  ७ आश्विन २०८०, आईतवार ११:१९


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली खेलकुदमा भाग लिन चीन जाने क्रिकेट खेलाडीहरूको बिदाइ गरेको छ। आइतबार बिहान काठमाडौंको एक होटलमा एक समारोहका बीच क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायतका पदाधिकारीहरूले चीन जाने खेलाडीहरूलाई बिदाइ गरेका हुन्।

आज जाने टिममा सन्दीप लामिछाने भने छैनन्। काठमाडौं जिल्ला अदालतले उनीविरूद्धको नाबालिग बलात्कार मुद्दाको सुनुवाइ आज राखेका कारण सन्दीप चीन नजाने भएका हुन्। क्यानका सचिव पारस खड्काका अनुसार उनी भोलि जानेछन्।

त्यस्तै चोटका कारण ललित नारायण राजवंशीले पनि एसियन गेम्स गुमाएका छन्। उनको ठाउँमा सागर ढकाललाई पठाइने सचिव खड्काले जानकारी दिए। नेपाली क्रिकेट टोली आज मध्याह्न साढे १२ बजे चाइना एअरलाइन्सको उडानमार्फत हाङ्झाव जानेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको

काठमाडौँ। विभागीय टोली नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश केपी ओली कप टी२० क्रिकेट प्रतियोगिताको समूह चरणबाट बाहिरिएका छन्। समूह ‘सी’को

काठमाडौं । ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट पारीको मदतमा अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटलाई हराउँदै एकदिवसीय विश्वकपको उपाधि

काठमाडौं । विश्वकप क्रिकेट जित्न भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला