"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पाकिस्‍तानसँग नेपाल १ गोलले पराजित

प्रकाशित मिति :  ५ आश्विन २०८०, शुक्रबार ११:४९


काठमाडौं । साफ यु-१९ फुटबल च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। बिहीबार साँझ काठमाडौंस्थित दशरथ रंगशालामा पाकिस्तानविरूद्धको खेलमा नेपाल १ गोलले पराजित भएको हो। पहिलो हाफमा दुबै देशका खेलाडीहरूले गोल गर्न सकेका थिएनन्। दोस्रो हाफमा भने पाकिस्तानले गोल गरेको हो।

पाकिस्तानका लागि अलि जफरले ७७ औं मिनेटमा गोल गरेका हुन्। जफरको गोल नै जितका लागि निर्णायक हुन पुगेको हो। यो प्रतियोगिता बिहीबारदेखि असोज १३ गतेसम्म प्रतियोगिता हुनेछ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, माल्दिभ्स र पाकिस्तान छन्। अर्को समूहमा भारत, भुटान र बंगलादेश छन्। प्रतियोगिताको सुरूआती दुई संस्करण नेपालले जितेको थियो। गत वर्ष भारतमा भएको च्याम्पियनसिपमा भने घरेलु टिम च्याम्पियन बनेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको

काठमाडौँ। विभागीय टोली नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश केपी ओली कप टी२० क्रिकेट प्रतियोगिताको समूह चरणबाट बाहिरिएका छन्। समूह ‘सी’को

काठमाडौं । ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट पारीको मदतमा अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटलाई हराउँदै एकदिवसीय विश्वकपको उपाधि

काठमाडौं । विश्वकप क्रिकेट जित्न भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला