"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारत र पाकिस्तान एसियाली खेलकुद महिला क्रिकेटको सेमिफाइनलमा प्रवेश

प्रकाशित मिति :  21 September, 2023 5:48 pm


एजेन्सी । चीनमा जारी एसियाली खेलकुद अन्तरगतको महिला क्रिकेट प्रतियोगितामा क्रिकेट शक्तिराष्ट्र भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । दुवै टोलीका खेल वर्षाले प्रभावित भएसँगै वरीयताअनुरुप सेमिफाइनलमा सिट सुनिश्चत गरेका हुन।
वर्षा बाधक बनेको उक्त खेलमा मलेसियाविरुद्धको क्वार्टरफाइनल खेलमा १५ ओभरमा छोट्याइएको थियो । पहिले ब्याटिङ गरेको भारतले २ विकेटको क्षतिमा १७३ रन बनाएको थियो । तर, मलेसियाले ब्याटिङ सुरु गर्ने बित्तिकै पानी पर्न सुरु भएपछि खेल रद्द गरिएको थियो ।
पानी लगातार परे्पछि अर्को पाकिस्तान र इन्डोनेसियाविरुद्धको खेलमा भने एक बल पनि फाल्न सकिएन । बंगलादेश र हङकबीचको विजेताले भारतसंग र श्रीलङ्का र थाइल्याण्डबीचको विजेताले पाकिस्तानसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट