"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दोस्रो दिन पनि विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको प्रदर्शन [फोटो फिचर]

प्रकाशित मिति :  21 September, 2023 2:57 pm


काठमाडौं । विद्यालय शिक्षा ऐनको विरोधमा शिक्षकहरुले आज (बिहीबार)पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर आज दोस्रो दिन पनि प्रदर्शन गरेका हुन् ।

शिक्षकहरुको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघरमा जारी प्रदर्शनका कारण बानेश्वर, बिजुलीबजार र थापाथली सडकमा सवारीसाधन जाममा परेका छन् ।

त्यस्तै, आजै सरकारले शिक्षकहरुसँग पहिलो चरणको छलफल गरेको छ । आज बिहान गृह मन्त्रालयमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिक्षकहरुले छलफल गरेका थिए । छलफलमा गृहमन्त्री श्रेष्ठले तत्काल वार्ताबाट समाधान खोज्न शिक्षकहरुलाई अनुरोध गर्नुभएको छ ।

साथै आन्दोलनले सर्वसाधारणलाई समस्या भएको भन्दै आज कार्यालय लाग्ने दिन भएकाले आन्दोलनको रुट परिवर्तन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले शिक्षकहरूसँग अनुरोध गरेको छ । तर शिक्षकहरूले आज पनि बुधबारकै रुट प्रयोग गर्ने र शान्तिपूर्ण आन्दोलन गर्ने  जनाएको छ । बुधबारदेखि देशभरका सामुदायिक विद्यालय बन्द गरी समितिले काठामाडौं केन्द्रित प्रदर्शन सुरु गरेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

ओखलढुंगा भूगोलको हिसाबले एक पहाडी जिल्ला हो । पूर्वमा खोटाङ, पश्चिममा रामेछाप, उत्तरमा सोलुखुम्बु र दक्षिणमा सिन्धुली र उदयपुर जिल्लाले

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा