"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारत र क्यानडाका एक-अर्काका कूटनीतिज्ञ देश निकाला

प्रकाशित मिति :  २ आश्विन २०८०, मंगलवार १६:१४


एजेन्सी । भारत र क्यानडाको कूटनीतिक सम्बन्धमा तिक्तता बढेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुबै देशले एक-अर्काका एक-एक जना कूटनीतिज्ञलाई देश निकाला गरेका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खलिस्तानी टाइगर फोर्स (केटिएफ)का प्रमुख हरदिप सिंह निज्जारको हत्यामा भारतीय सरकारका एजेन्टको हात हुन सक्ने बताएपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा तनाव चुलिएको हो।

गत असारमा खलिस्तानी टाइगर फोर्स प्रमुख निज्जारको गोली हानी हत्या गरिएको थियो। सोमबार संसदमा बोल्दै प्रधानमन्त्री ट्रुडोले निज्जारको हत्यामा भारतीय सरकारका एजेन्टको हात हुन सक्ने बताएका थिए। एउटा क्यानडेली नागरिकको हत्या सह्य नहुने उनको भनाइ थियो। त्यसपछि क्यानडाले एक जना भारतीय कूटनीतिज्ञलाई देश निकालाको घोषणा गरेको थियो।

जवाफमा भारतीय विदेश मन्त्रालयले क्यानडाका प्रधानमन्त्रीको आरोप तथ्यहीन भएको बताएको थियो। आफ्ना कूटनीतिज्ञलाई देश निकाला गरेपछि बदलामा भारतले पनि मंगलबार एक जना क्यानडाका कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न भनेको छ।

गुरद्वाराबाहिर गोली हानी हत्या गरिएका निज्जारलाई भारतले सन् २०२० मा आतंककारी घोषणा गरेको थियो। भारतमा केही शिखहरूले पञ्जाबमा छुट्टै खलिस्तान देश बनाउने आन्दोलन गरिरहेका छन्।  सुरूमा भारतको पञ्जाबमा खलिस्तान बनाउने र पछि पाकिस्तानको पञ्जाबबाट खलिस्तान भूमि गाभ्ने भन्दै उनीहरूले आन्दोलन गरिरहेका छन्।

निज्जारले  क्यानडामा त्यही खलिस्तानको अभियानलाई अघि बढाएका थिए। क्यानडामा ठूलो संख्यामा भारतीय मूलका शिखहरू बस्छन्। गत वैशाखमा पक्राउ परेका वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता अमृतपाल सिंह पनि खलिस्तानी अभियन्ता थिए। उनलाई अहिले असमको जेलमा राखिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनका दुई उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्प बीच लाइभ बहस हुने भएको छ । यो

काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले

काठमाडौँ । ७० प्रतिशतभन्दा बढी आप्रवासी कामदार गर्मी र जलवायु परिवर्तनको जोखिममा परेको एक अध्ययन देखाएको छ। नेशनल इन्स्टिच्युट अफ अकुपेशनल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) का अध्यक्ष लु झाउ हुईबीच शिष्टाचार भेटवार्ता