"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालबाट अस्करका लागि ‘हल्कारा’ सिफारिस

प्रकाशित मिति :  19 September, 2023 1:56 pm


काठमाडौँ । नेपालको इन्टरनेसनल फिचर फिल्म छनोट समितिले ९६औँ ‘एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) अवार्डका लागि फिल्म ‘हल्कारा’लाई सिफारिस गरेको छ।

अन्तर्राष्ट्रिय फिचर विधाका लागि समितिले विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न चाहने नेपाली फिल्म माग गरेको थियो। फिल्मकर्मीले आफ्नो फिल्म सेप्टेम्बर १५ (भदौ २९)सम्म बुझाउनुपर्ने जानकारी समितिले गराएको थियो। त्यसैअनुसार फिल्म ‘डाकिनी’, ‘हल्कारा’, ‘नीरफूल’, ‘बुलाकी’ र ‘बगान’ले आवेदन दिएका थिए।

अस्करमा सिफारिसका लागि परेका आवेदनमध्ये ‘हल्कारा’ छनोट भएको छ। प्राप्त फिल्ममध्ये फिल्मका प्राविधिक पक्ष, कथा प्रस्तुति, पात्रको भावनात्मक विश्लेषण तथा सिर्जनात्मक प्रस्तुति आदि पक्षलाई दृष्टिगत गरी फिल्म सिफारिस गरेको समितिले जनाएको छ।

विक्रम सापकोटाको निर्देशन र सम्पादनमा बनेको फिल्ममा हुलाकीको सपना, अन्तरसंघर्ष र वैदेशिक रोजगारीको आयामलाई प्रस्तुत गरिएको छ। फिल्ममा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारले अभिनय गरेका छन्।

१० मार्च २०२४ मा अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा ९६औँ अस्कर अवार्ड समारोह हुनेछ। राजु केसीको नेतृत्वमा पाँच सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ। समितिमा मन्जुकुमार श्रेष्ठ, गौतम धिमाल, सामीप्यराज तिमल्सेना र हृतिका भट्टराई सदस्य रहेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- पहिचान पुरस्कार कोषले यस पहिचान सम्मानबाट साहित्यकार, मुन्धुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला पुरस्कृत गर्ने भएको छ। काइँलाले नेपाली

काठमाडौँ — ११ वर्षीय बाल कथाकार नीतिक आचार्यको बाल कथासंग्रह ‘कङ्गारुको एकता’ सार्वजनिक भएको छ । उनको यो पहिलो एकल

काठमाडौं – अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ । शनिबार काठमाडौंका कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाल लगायतले

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट