"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

१०३ प्रकारका एन्टिबायोटिक उत्पादन र आयातमा प्रतिबन्ध

प्रकाशित मिति :  19 September, 2023 1:00 pm


काठमाडौं । औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टिबायोटिक औषधि र तिनका सम्मिश्रण, उत्पादन तथा आयातमा प्रतिबन्ध लगाएको छ । विभागले सूचना निकाल्दै एक सय तीन प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण, उत्पादन तथा आयातमा प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।

एन्टिबायोटिकको प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्ने, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्यले विभागले यस्तो निर्णय गरेको हो । विभागका अनुसार विश्व स्वास्थ्य सङ्गठनद्वारा सिफारिस नगरिएका प्रतिजैविक औषधि र सम्मिश्रणलाई विभागले रोक लगाउने निर्णय गरेको हो ।
हाल बजारमा यस्ता औषधि बिक्री भइरहेको भए छ महिनाभित्र सक्नुपर्ने र छ महिनापछि बजारबाट सम्पूर्ण औषधि फिर्ता गर्न पनि विभागले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयले सूचना जारी गरेर रामशाहपथमा रहेको भवनबाट

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ