"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्र बैंकको प्रतिवेदन : महँगी ७.५२ प्रतिशतले वृद्धि

प्रकाशित मिति :  ३१ भाद्र २०८०, आईतवार १९:२७


काठमाडौँ । साउनमा नेपालीहरूले ७.५२ प्रतिशत मूल्य वृद्धि खेपेका छन्।  राष्ट्र बैंकले वार्षिक औसत मूल्यवृद्धि ६.५ प्रतिशतमा कायम गर्ने लक्ष्य लिएको छ।  गत आर्थिक वर्षको साउनमा नेपालीहरूले ८.२६ प्रतिशतको महँगी खेपिरहेका थिए। 

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसलाको ४५.५६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा १३.२० प्रतिशत, दूध, अण्डाको १२.१९ प्रतिशत, रेष्टुरेण्ट तथा होटलबाट प्राप्त सेवामा ११.०५ प्रतिशत र तरकारीमा १०.८० प्रतिशतले मूल्य वृद्धि देखिएको छ। घ्यू, तेलमा १५.१३ प्रतिशतले महँगी घटेको छ। 

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृतिमा १५.५५ प्रतिशत, शिक्षा सेवाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूमा ६.९३ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.७९ प्रतिशतले बढेको छ। यातायात ०.८१ प्रतिशतले महँगी घटेको छ।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ ।  दसैँलगायतका चाडबाडमा नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वभावविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदहरूले सरकारलाई सजग र

नेपालीको ठूलो चाड दसैँ, तिहार र छठ नजिक आइपुगेको छ। चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिने गरेको गुनासो

काठमान्डौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुटको व्यवस्था गरेको छ । “सबल बैंक, सफल सहकार्य”

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा १.९ प्रतिशत र आगामी वर्ष सन् २०२४ मा ४.३