"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीद्वारा चीन र अमेरिका भ्रमणबारे संसद्लाई जानकारी

प्रकाशित मिति :  २९ भाद्र २०८०, शुक्रबार १५:०१


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे प्रतिनिधिसभा बैठकमा जानकारी गराएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो जानकारी दिएका हुन्।

उनी भदौ ३० गते अमेरिका जानेछन्। भ्रमणका लागि सकेसम्म सानो र छरितो प्रतिनिधिमण्डल बनाइएको प्रधानमन्त्रीले बताए। संयुक्त राष्ट्रसंघको महासभामा उनले असोज ४ गते सम्बोधन गर्नेछन्। उनले महासभामा नेपालले प्राप्त गरेको राजनीतिक उपलब्धिबारे जानकारी गराउनेछन्। साथै विभिन्न देशका सरकार र राष्ट्रप्रमुखसँग साइडलाइड वार्ता गर्ने जानकारी प्रधानमन्त्रीले दिए।

असोज ५ गते अमेरिकाबाटै चीन भ्रमणमा जानेछन्। उनी न्युयोर्कबाट सीधै ग्वान्जाओ जाने कार्यक्रम तय भएको छ। उनले चीनका राष्ट्रपति सीन जिनफिङसँग भेट गर्ने कार्यक्रम रहेको जानकारी दिए। आफ्नो चीन भ्रमणले  दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने उनले बताए। साथै उनले भ्रमणका क्रममा कोभिड–१९ पछि बन्द भएका परम्परागत नाका खुलाउने विषयमा वार्ता गर्ने जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छन् ।  मन्त्रालयस्थित मन्त्री डा राणाको

काठमाडौँ – मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी यसअघि योजना आयोगका सदस्य थिए ।

काठमाडौँ – मन्त्रिपरिषद्ले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो

काठमाडौं । १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । विभिन्न सार्वजनिक निकायले कालो