"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय समितिमा ‘केही नेपाल ऐन संशोधन विधेयक’ दफावार छलफल हुने

प्रकाशित मिति :  15 September, 2023 2:59 pm


काठमाडौं । केही नेपाल ऐन संशोधन विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पुगेको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदीय समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो ।

सरकारले वैशाख २६ गते प्रतिनिधि सभामा दर्ता गरेको विधेयकमा सांसदहरुले ५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । ती संशोधन प्रस्तावउपर समेत संसदीय विषयगत समितिमा छलफल हुनेछ ।

यो विधेयकमा रहेको शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने प्रस्तावित व्यवस्थाप्रति सांसदहरुको ज्यादा चासो छ । यही विषयसँग सम्बन्धित २५ वटा संशोधन प्रस्ताव परेको छ ।

नेपाली कांग्रेस र नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद र केही स्वतन्त्र सांसदले मूलधारको शान्तिपूर्ण राजनीतिमा आएकै कारण नेता र कार्यकर्ताको हिंसात्मक गतिविधिसँग सम्बन्धित मुद्दा फिर्ता नहुने भनी संशोधन हालेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन