"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधि सभाको बैठक आज बस्दै, शोक प्रस्ताव पारित गर्ने कार्यसूची

प्रकाशित मिति :  14 September, 2023 2:40 pm


संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दै छ।आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने संसद् सचिवालयले जानकारी दिएको छ। आजको बैठकमा संविधान सभा अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।

इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा गत सोमबार राति निधन भएको थियो।

हृदयघात भएका उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन