"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभामा विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता [विधेयक हेर्नुहोस्]

प्रकाशित मिति :  २७ भाद्र २०८०, बुधबार १२:४१


काठमाडौँ । विद्यालय शिक्षासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बुधबार विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता गरेका हुन्। विधेयकमा विद्यालय तहको शिक्षाका विषय समेटिएका छन्। संसद्मा पेस गर्नका लागि केही समयअघि मात्रै मन्त्रिपरिषद्‌ले सोही विधेयक पारित गरेको थियो।

प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ। यो विषयमा निजी विद्यालयका सन्चालकहरूले विरोध गर्दै आएका छन्।

विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ। प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्ने भएको छ । कांग्रेस संस्थापक नेता सुवर्ण शमसेर राणाको स्मृति दिवस पारेर दुई

काठमाडौँ । गृह मन्त्रालयले पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङको लमजुङ अस्पताल लगायत शिक्षणसंस्थामा चिकित्सकमाथि आक्रमण र तोडफोड गर्नेलाई मुद्दा

काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरूद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाऊ आदेश

काठमाडौँ । माइतीघरमा प्रदर्शनरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रहरीबीच धकेलाधकेल भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा मंगलबार