"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आर्थिक अभावमा कुनै पनि वालवालिका शिक्षाबाट बञ्चित हुदैनन : नगर प्रमुख भट्टराई

प्रकाशित मिति :  २२ भाद्र २०८०, शुक्रबार २१:५४


स्याङ्जा । गल्याङ नगरपालिका, नगर कार्यपालिकाको कार्यलयद्वारा आयोजित ५७ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस कार्यक्रममा बोल्दै नगर प्रमुख गुरु प्रसाद भट्टराईले आर्थिक अभावका कारण नगरभित्रका कुनै पनि वालवालिका शिक्षाबाट बञ्चित नहुने प्रतिवद्धता गरेका छन् । उक्त अवसरमा भट्टराईले शिक्षा र शिक्षक वर्गको हातमा सभ्य समाज निर्माणको आधार रहेकोले आफ्नो पेशामा प्रतिबद्ध भएर लाग्न अनुरोध समेत गरेका छन् ।

नगर शिक्षा समितिका अध्यक्ष एवम् नगर प्रमुख गुरुप्रसाद भट्टराईको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । साथै नगर उपप्रमुख हेमा न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत दामोदर शर्माको विशेष उपस्तिथि रहेको कार्यक्रमको सञ्चालन प्रास हिमाल भण्डारीले र स्वागत मन्तव्य शिक्षा शाखा प्रमुख केदारराज आचार्यले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय मन्त्री तिवारीले बौद्धिक सक्षमताले भरिपूर्ण रहेको शिक्षकहरुको अगाडि आफू केही सिकाउन नभै आशिर्वाद लिन आएको बताउदै सबैप्रती श्रद्धा पूर्वक सम्मान व्यक्त गरीन ।

नगर प्रमुख भट्टराईले अतिरिक्त कृयाकलापको माध्यमबाट विद्यार्थीमा रहेको अन्तर निहित क्षमताको विकास गरि उनीहरुमा सकारात्मक प्रेरणा सहित उत्साही बनाउदै शैक्षिक प्रगतिका लागि थप उत्प्रेरित गर्नु नगरको जोड रहेको बताए । कुनैपनी क्षेत्रमा जस्तो सोच राखिन्छ त्यस्तै उपलब्धि प्राप्त हुने भएकोले सकारात्मक सोच राख्दै आफ्नो कर्ममा लाग्न सबैलाई अनुरोध पनि गरे ।

शिक्षकहरुको असल कर्म र निरन्तरताले नै सभ्य समाज निर्माण हुने भएकोले त्यो दिशामा कर्तव्यनिष्ट भएर लाग्न अनुरोध गर्दै शिक्षकहरुप्रती भट्टराईले सम्मान व्यक्त पनि गरे । यसै अवसरमा नगर उपप्रमुख हेमा न्यौपानेले सभ्य समाज निर्माणमा लाग्न सबै शिक्षकहरुमा अनुरोध समेत गरीन ।

साक्षरता दिवसको सन्दर्भमा आयोजित नगर स्तरीय माध्यमिक तह हाजिरीजवाफ प्रतियोगिता, कविता लेखन तथा वाचन प्रतियोगिता, नृत्य प्रतियोगिता र आधारभूत तह नृत्य साथै वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । उत्त अवसरमा कक्षा ५ र ८ को उपलब्धिमापन परिक्षामा नगर प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थी , विद्यालय साथै उत्कृष्ट नम्बर आएका विषय शिक्षक, प्रतियोगिताका विजेताहरुको सम्मान पनि गरियो ।

सोहि अवसरमा लामो समय शिक्षण पेशामा रहि अवकास प्राप्त शिक्षक, बढुवा शिक्षक साथै आफ्नो पेशामा प्रतिबद्ध शिक्षक, कर्मचारी, शिशु सहयोगी कार्यकर्ता, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु, गल्याङ र मालुङ्गा बहुमुखी क्याम्पसका उत्कृष्ट विद्यार्थीहरु, कर्मचारी लगायतका ब्यक्तिहरुलाई दोसल्ला, सम्मान पत्र र नगद पुरस्कार सहित सम्मान गरिएको थियो । कार्यक्रममा नगरभित्रका सामुदायिक र सस्थागत विद्यालयका सयौ शिक्षकहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छन् ।  मन्त्रालयस्थित मन्त्री डा राणाको

काठमाडौँ – मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी यसअघि योजना आयोगका सदस्य थिए ।

काठमाडौँ – मन्त्रिपरिषद्ले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । नेपालको प्रशासनिक इतिहासमा महिला मुख्यसचिव बनेको यो

काठमाडौं । १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । विभिन्न सार्वजनिक निकायले कालो