"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिवि शिक्षण अस्पतालमा ५० जना स्टाफ नर्स रोजगारी अवसर

प्रकाशित मिति :  8 September, 2023 3:10 pm


काठमाडौं । त्रिवि शिक्षण अस्पतालले ५० जना स्टाफ नर्स मागेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै त्रिवि शिक्षण अस्पतालले करारमा नियुक्ति गर्नेगरी ५० जना स्टाफ नर्सका लागि आवेदन मागेको हो।

त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएका १८ वर्ष पूरा भई ४५ वर्षसम्मका महिलाहरूले आवेदन दिन सक्नेछन्। पुरूषहरूको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

आवेदन दिन असोज ६ गतेसम्मको समय निर्धारण गरिएको छ। आवेदनका लागि चिकित्सा शास्त्र अध्ययन संस्थानको वेबसाइटमार्फत अनलाइन फाराम भर्न सकिनेछ ।

अनलाइनबाट भरिने फारामको दस्तुर असोज ४ गतेभित्र हिमालयन बैंकमा रहेको संस्थानको खातामा जम्मा गर्न भनिएको छ।

परीक्षा असोज १३ गते हुनेछ। परीक्षाको समय र परीक्षा केन्द्र भने पछि प्रकाशन हुने संस्थानले जानकारी दिएको छ।  

staff-nurse-1694145887.jpg



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ