"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल र भारतबीच ‘क्रस बोर्डर’ क्यूआर भुक्तानी सेवा सहकार्य हुदै

प्रकाशित मिति :  २२ भाद्र २०८०, शुक्रबार १३:२७


काठमाडौँ । नेपाल र भारतबीच क्रस बोर्डर क्यूआर भुक्तानी सेवा छिट्टै सुरु हुने भएको छ । नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोनपे र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)को शाखा एनआईपीएल बीच क्रस बोर्डर भुक्तानी सेवा सुरु गर्नेगरी सहकार्य भएको छ ।

यो सेवा सुरु भएपछि दुवै राष्ट्रका नागरिकले एकअर्को मुलुकमा मोबाइल एप प्रयोग गरी क्यूआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । यो सेवा सञ्चालनका लागि दुवै कम्पनीले तयारी पूरा गरिसकेको फोनपेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले जानकारी दिए ।

केही प्राविधिक कामको एकीकरण अन्तिम प्रक्रियामा रहेको उनले बताए । ‘प्राविधिक एकीकरणपश्चात दुवै कम्पनीको नेटवर्कमा आवद्ध सदस्यहरुलाई सेवा प्रदान हुनेछ, यसले लाखौं उपभोक्ता र व्यापारीलाई लाभ मिल्नेछ’ ढकालले भने । दुवै देशमा डिजिटल भुक्तानीलाई बढवा दिन यसले मद्दत पुग्ने उनको भनाइ छ ।

‘दुवै देशका नागरिकको हितका लागि प्रविधिको प्रयोग गरी वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा यो महत्त्वपूर्ण कदम हो’ उनले भने ‘दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा यसले महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।’ फोनपेले हाल नेपालमा अन्तरबैंक, व्यक्ति–व्यक्ति, व्यक्ति–व्यवसायीबीच मोबाइल भुक्तानीको सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ ।  दसैँलगायतका चाडबाडमा नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वभावविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदहरूले सरकारलाई सजग र

नेपालीको ठूलो चाड दसैँ, तिहार र छठ नजिक आइपुगेको छ। चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिने गरेको गुनासो

काठमान्डौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुटको व्यवस्था गरेको छ । “सबल बैंक, सफल सहकार्य”

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा १.९ प्रतिशत र आगामी वर्ष सन् २०२४ मा ४.३