"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

प्रकाशित मिति :  २१ भाद्र २०८०, बिहीबार १४:१५


काठमाडौँ । लुम्बिनी प्रदेशसभाको बैठक आज बिहीबार बस्दैछ। प्रदेशसभाको दोस्रो अधिवेशनको २४औं बैठक बिहीबार दिउँसो १२ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

करिब एक महिनापछि बस्न लागेको बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’लाई अगाडि बढाउने तयारी छ।

प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेस गर्ने कार्य सूची छ।

यसअघि विधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो। समितिले उपसमिति गठन गरेर विज्ञ तथा सरोकारवालहरूसँग राय सुझाव संकलन गरेको थियो। सुझावको आधारमा प्रतिवेदन तयार पारिएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालीको ठूलो चाड दसैँ, तिहार र छठ नजिक आइपुगेको छ। चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिने गरेको गुनासो

काठमाडौँ । देशभरिका आवासीय चिकित्सक तथा समग्र स्वास्थ्यकर्मीले सुरु गरेको आन्दोलनमा स्वास्थ्यकर्मीहरूले सुरक्षित रुपमा कार्यस्थलमा सेवा प्रवाह गर्नु पाउ भन्ने

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका मुख्यमन्त्री कार्कीले

काठमाडौं । नेविसंघले इन्जिनियरिङ अध्ययन संस्थानलाई प्रवेश परीक्षा मिति तोक्न आग्रह गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति निकालेर ‘हाललाई न्यूनतम