"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमसीसीबारे नेपालको व्याख्यात्मक घोषणालाई चीनको ध्यानाकर्षण

प्रकाशित मिति :  १६ फाल्गुन २०७८, सोमबार १८:३८


काठमाडौं । नेपालको संसद्‍बाट आइतबार अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)सम्झौता पारित भएपछि चीनले व्याख्यात्मक घोषणालाई ध्यान दिएको बताएको छ।

सोमबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले एक मित्रवत् छिमेकी र विकास साझेदारका रूपमा चीनले सधैंझैं नेपाली जनताको विकासको बाटो छनोटलाई समर्थन गर्ने बताए।

आइतबार नेपाली संसदले एमसीसी सम्झौता अनुमोदन गर्दै ‘व्याख्यात्मक घोषणा पत्र’ सार्वजनिक गरेको थियो। पत्रकार सम्मेलनमा प्रवक्ता वाङले अन्तर्राष्ट्रिय विकास सहयोगले पारस्परिक सम्मान र समान व्यवहारको सिद्धान्तलाई पालना गर्नुपर्ने, सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्ने र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हेतुले कुनै राजनीतिक शर्त नराख्ने कुरामा चीनले बारम्बार जोड दिने गरेको बताए।

चीनले एमसीसीको सम्बन्ध बेइजिङबाट व्यक्त भएको यो तेस्रो प्रतिक्रिया हो भने नेपालको संसद्बाट एमसीसी पारित भएपछिको पहिलो प्रतिक्रिया हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनका दुई उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्प बीच लाइभ बहस हुने भएको छ । यो

काठमाडौँ । ७० प्रतिशतभन्दा बढी आप्रवासी कामदार गर्मी र जलवायु परिवर्तनको जोखिममा परेको एक अध्ययन देखाएको छ। नेशनल इन्स्टिच्युट अफ अकुपेशनल

एजेन्सी, वीवीसी । दक्षिण कोरियामा प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डिपीके) ले आम चुनावमा बहुमत प्राप्त गरेको छ। बुधबार भएको

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन्