"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालले चीन–भारतसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ : सभापति देउवा

प्रकाशित मिति :  १९ भाद्र २०८०, मंगलवार १६:५४


काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताएका छन्।  मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले दुई देशसँग सन्तुलन कायम गर्नुपर्नेमा उनले जोड दिए। 

सभापति देउवाले देशले अर्को देशसँग साथी बनाउन सक्ने र छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने बताए।  नेपालसँग विद्युत् किन्ने भनेको भारत मात्रै भएकाले नेपालले कि विद्युत् नै बेच्दिनँ भन्नुपर्ने नत्र भारतले भनेका कुराहरूमा सहमति जनाउनुपर्ने बाध्यता रहेको औँल्याए। 

उनले भारतले भनेका कुरा नमान्ने हो भने विद्युत् नकिन्ने हुँदा थोरै लचिलो भएर भए पनि देशहितमा काम गर्नुपर्ने बाध्यता रहेको बताए। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।  राष्ट्रपति कार्यालय शीतलनिवासमा

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले धर्नामा रहेका ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्दै वार्ताको माध्यमबाट यथाशीघ्र समस्याको समाधान गर्न ध्यानाकर्षण गराएको

नेपालीको ठूलो चाड दसैँ, तिहार र छठ नजिक आइपुगेको छ। चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिने गरेको गुनासो