"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

किन दिए बालेनले सिंहदरवारमा आगो लगाइदिने चेतावनी ?

प्रकाशित मिति :  १६ भाद्र २०८०, शनिबार २३:३३


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिंहदरवारमा आगो लगाइदिने धम्की दिएका छन्। शनिबार साँझ सामाजिक सञ्जालमा स्टाट्स लेख्दै उनले सरकारलाई गालीगलौजसमेत गरेका छन्।

उनले महानगरको गाडी सरकारले रोकेको भन्दै सिंहदरवारमा आगो लगाइदिने चेतावनी दिएका हुन्। तर सरकारले किन गाडी रोकेकोबारे उनले केही खुलाएका छैनन्।

‘आजको लागि केही भएन। भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु,’ उनले भनेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । आइतबार आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी

काठमाडौँ । सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो

काठमाडौँ- सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा विभिन्न १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ। सङ्घीय

स्याङ्जा – गल्याङ नगरको शैक्षिक उन्नयन र बिकासका लागि सरोकारवालाहरुको बिचमा ‘शैक्षिक अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको छ । गल्याङ नगरपालिका