"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अहिले अर्थतन्त्रको अवस्था निराश हुनुपर्ने छैन : अर्थमन्त्री महत

प्रकाशित मिति :  १६ भाद्र २०८०, शनिबार २३:२९


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने अवस्था नभएको बताएका छन्।

शुक्रबार बुटवल जेसिस स्वर्णजयन्ती समारोह समुद्घाटन एवम् सम्मान कार्यक्रममा मन्त्री महतले आशा र निराशाका बीचबाट देश अगाडि बढ्नुपर्ने भन्दै अर्थतन्त्र केही समस्या रहेको बताए। ‘तर धेरै निराश हुनुपर्ने कारण छैन। व्यवसायी मर्कामा छन्, उनीहरूको आत्मविश्वासमा कमी आएको छ। नकारात्मक कुरा गरिराख्यो भने हाम्रो आत्मविश्वास घटेर जान्छ,’ उनले भने।

सबैले खराबै मात्र भन्ने हो भने केही गरौँ भन्ने भावनाबाट प्रेरित भएर उद्योग व्यवसाय गर्छु भन्ने व्यक्तिसमेत चुप लागेर बस्ने उनको भनाइ थियो। अर्थतन्त्रको संकेतलाई राम्रोसँग केलाएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै उनले अहिले अर्थतन्त्र सुधारका संकेत देखिनु आफैमा सकारात्मक रहेको उनले दाबी गरे।

अर्थतन्त्रमा देखिएको निरासाको संकेत अस्थायी भएको भन्दै उनले यो धेरै समय नरहने बताए। अहिले पुँजीको परिचालन भैरहेको भन्दै मौद्रिक नीतिमा कडाई गर्दा ब्याज दर बढेको भन्दै यो दीगो नभएको बताए।

जेसिजको मूल्य मान्यता र क्रियाकलाप अत्यन्तै महत्वपूर्ण भएको भन्दै अर्थमन्त्री डा. महतले जेसिजको भूमिका लोकतन्त्र र शान्ति स्थापना, व्यवसाय र अन्तर्राष्ट्रिय पहुँचमा विशेष भुमिका खेलेको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ ।  दसैँलगायतका चाडबाडमा नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वभावविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदहरूले सरकारलाई सजग र

नेपालीको ठूलो चाड दसैँ, तिहार र छठ नजिक आइपुगेको छ। चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिने गरेको गुनासो

काठमान्डौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुटको व्यवस्था गरेको छ । “सबल बैंक, सफल सहकार्य”

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा १.९ प्रतिशत र आगामी वर्ष सन् २०२४ मा ४.३