"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोशी सरकारलाई दीर्घकालीन महत्वको निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

प्रकाशित मिति :  ७ भाद्र २०८०, बिहीबार १९:०४


काठमाडौँ । नेपाली कांग्रेसका उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारलाई दीर्घकालीन प्रभाव पार्ने केही पनि निर्णय नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले थापा नेतृत्वको सरकारलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णयहरू नगर्न आदेश दिएको हो।

नेकपा एमालेका संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले थापाले भदौ ४ गते विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक भन्दै रिट दायर गरेका थिए।

भदौ ४ गते कोशी प्रदेशसभाको अध्यक्षता (त्यस दिन सहभागीमध्ये जेष्ठ सदस्य) गरिरहेका इस्राइल मन्सुरीले समेत थापालाई विश्वासको मत दिएपछि एमालेले रिट दिएको थियो।

प्रदेशसभाको अध्यक्षता गरिरहेका व्यक्तिले संविधानअनुसार विश्वासको मत हाल्न नपाउने एमालेको भनाइ छ। अब यस मुद्दाको पूर्ण सुनुवाइ भदौ १५ गतेलाई पेसी तोक्न भनिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्ने भएको छ । कांग्रेस संस्थापक नेता सुवर्ण शमसेर राणाको स्मृति दिवस पारेर दुई

नेपालीको ठूलो चाड दसैँ, तिहार र छठ नजिक आइपुगेको छ। चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिने गरेको गुनासो

काठमाडौँ । गृह मन्त्रालयले पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङको लमजुङ अस्पताल लगायत शिक्षणसंस्थामा चिकित्सकमाथि आक्रमण र तोडफोड गर्नेलाई मुद्दा

काठमाडौँ । देशभरिका आवासीय चिकित्सक तथा समग्र स्वास्थ्यकर्मीले सुरु गरेको आन्दोलनमा स्वास्थ्यकर्मीहरूले सुरक्षित रुपमा कार्यस्थलमा सेवा प्रवाह गर्नु पाउ भन्ने