"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्को अवरोध खुलाउन प्रधानमन्त्री र सभामुख भेटवार्ता

प्रकाशित मिति :  १ भाद्र २०८०, शुक्रबार ११:४९


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को अवरोध खुलाउन प्रतिपक्ष दलसँग पहल गर्ने बताएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसँगको भेटमा प्रधानमन्त्री दाहालले सदनको अवरोध खुलाउन भूमिका खेल्ने बताएका हुन् ।

सभामुख घिमिरेसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले भनेका थिए, ‘म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईं पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।’

प्रधानमन्त्री दाहालसँगको भेटमा सभामुख घिमिरेले सदन अवरोध हुँदा प्राकृतिक विपत्तिलगायतका विषयमा सांसदहरूले बोल्न नपाएको बताएका थिए । ‘प्राकृतिक विपत्तिलगायतका धेरै विषयमा माननीयहरूले बोल्न पाइनँ भन्नुहुन्छ । दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन । आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन्,’ सभामुख घिमिरेले भनेका थिए ।

सदन नचल्दा संसदीय समितिको सभापति चयन गर्न नसकिएको पनि सभामुख घिमिरेले प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए । बिहीबार मात्र सभापति चयन नभएको भन्दै एमालेले सार्वजनिक लेखा समितिको बैठक बहिष्कार गरेको थियो । सभामुख घिमिरेले भने सहमतिका लागि आफूले जिम्मेवारीपूर्वक पहल गरेको प्रधानमन्त्री दाहाललाई बताएका थिए । उनले भनेका थिए, ‘संसद्मा कानुन निर्माण भएनन् भन्ने गुनासो छ । सभामुखका रूपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर, परिणाममा निस्किन सकेन । शीर्ष नेताहरू नै घण्टौं बस्दा पनि सहमति भएन ।’

सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरेपछि संसदीय समितिको नेतृत्व चयन प्रभावित बनेको छ । अवरोधकै कारण सभामुखले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन । दलहरूले संसदीय समितिको भागबन्डा टुंग्याए पनि समितिका सदस्य हेरफेरका लागि संसद् बैठक बस्न नसकेकै कारण नेतृत्व चयन हुन सकिरहेको छैन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकेको प्रतिक्रिया जनाएको छ । बिहीबार प्रतिनिधिसभामा प्रमुख

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको

काठमाडौँ । सहकारी छानबिनको विषयमा सत्तारुढ दल र प्रमुख विपक्षी दलबीच कुरा नमिल्दा कांग्रेसले बिहीबार राष्ट्रिय सभामा अवरोध जारी राखेको

काठमाडौँ । सत्तारुढ दल नेकपा  एकीकृत समाजवादीले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गरेको छ । सत्तारुढ अन्य दलहरू छानबिन