"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुशासन दिगो विकासको पहिलो सर्त

प्रकाशित मिति :  १४ फाल्गुन २०७८, शनिबार १२:०६


सुशासन दिगो विकासको आधार हो । वित्तिय सुशासन, प्राविधिक कुशलताका साथै प्राप्त प्रतिफललाई न्यायोचित रुपमा समान वितरणको मुल मर्म सुशासनले बोकेको हुन्छ । सुशासन र विकास एक अर्कामा परिपुरक हुन्छन् । नेपालमा अहिले सार्वजनिक रुपमा सञ्चालित अधिकांश विकास परियोजना, आयोजनाहरुमा वित्तिय सुशासन र पारदर्शीताको कमि देखिन्छ जसका कारण नेपालले चाहे जस्तो दिगो विकासको मार्गमा जान सकिरहेको छैन ।

विकास भनेको सामान्यतया विकास आधुनिकीकरण तर्फको अग्रसरता, गतिशील परिवर्तन, नवप्रवर्तन सहितको उपलब्धिको सम्मिश्रण हो । विकास समयसापेक्ष रुपान्तरण हुदै जाने चक्र जस्तै हो । विकास समय संगै त्यसको माग अनुसार क्रमिक रुपमा विकसित हुदै जाने गर्दछ । अथवा, एउटा विशेषताको घटना र परिस्थितिबाट अर्को विशेषतामा रूपान्तरण हुने आन्दोलनको प्रक्रिया हो ।

विकासका विविध पक्षहरू जस्तै ; भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास, भाषिक विकास, बौद्धिक विकास, चिन्तन विकास अनि मनोवैज्ञानिक विकास जस्ता समग्र पक्षहरू अन्तरनिहित हुन्छन् । विकासलाई भौतिक संरचना निर्माणसँग मात्र दाँज्ने गरिन्छ, जुन असाध्यै गलत हो । सबै क्षेत्रको समानुपातिक विकास प्रक्रियाविना उचित सामाजिक उत्पादन सम्बन्धको विकास गर्न सकिन्न । समाजका लागि वस्तुवादी र व्यावहारिक उत्पादन प्रणालीविना पूर्ण आकारमा विकास सम्भव हुँदैन ।

नेपाल भन्दा कमजोर सामाजिक आर्थिक धरातमा रहेको भुटान आज हामी भन्दा विकासको दृष्टिले निकै माथि छ । विश्व शान्ति सुचकांकमा उसले पाप्त गरेको स्थान, विश्व खुसी सुचकांकमा उसले गरेको प्रगति लगायतका आधारमा यो कुरा अनुमान लगाउन सक्छौँ । विकासको प्रमुख अवरोधक मानिने भ्रष्टाचार नियन्त्रणमा उसले दक्षिण एसियाली मलुकहरुलाई जितेको छ ।

हामी विकासको कुन चरणमा छौं ? विकासका प्रमुख अवरोध के हुन् ? के गर्यौ भने विकास हुन्छ ? यी र यस्ता यावत प्रश्नहरुको हामीले समाधान खोज्नै पर्छ । हामी दिनहुँ जसो ९० प्रतिशत भन्दा बढी मुलुकमा किन विकास भएनन् भनेर कुरा गर्छौ । हामी आफैं प्राविधिक विज्ञ देखि लिए सबै क्षेत्रमा विज्ञता भएको आफैले आफैलाई विज्ञ मान्छौ । तर, आफुले गर्नुपर्ने काम चाहिँ गर्दैनौं ।

त्यस्तैगरि, नेपालको विकास हुन नसक्नुको प्रमुख कारण राजनीतिक अस्थिरता नै हो । हामीकहाँ नेपालमा विगत २० वर्षमा १९ पटक प्रधानमन्त्री परिवर्तन भए भने ८० भन्दा बढी पटक मन्त्रीहरू परिवर्तन भएका छन् । कुनै सरकार यहाँ १५ दिन टिक्छ भने कुनै ६ महिना‚ कुनै मन्त्री तीन दिनका लागि मन्त्री हुन्छन् भने कुनै तीन महीनाका लागि । तर, छिमेकी देश भारतमा विगत २० वर्षमा दुई प्रधानमन्त्री १०/१० वर्षका लागि सरकारको प्रमुख भए भने चार पटक मात्र सरकार गठन भएको छ । नेपालको विकास हुन नसक्नुको प्रमुख कारण राजनीतिक अस्थिरता नै हो ।

पछिल्लो समय विकासलाई केवल ठूलाठूला भौतिक संरचना विकासमा सीमित गरिँदैछ, जुन विकाससम्बन्धी गलत अवधारणा हो । पूर्ण आकारको विकास प्रक्रियाविना समृद्धि कल्पना नै गर्न सकिन्न । पूर्वाधार विकासको अवधारणाले मात्र सर्वाङ्गीण विकासको प्रतिनिधित्व गर्दैन । प्रतिव्यक्ति आयमा वृद्धि, कूल राष्ट्रिय उत्पादनमा वृद्धि, पूर्वाधार विकास, उद्योगधन्दाहरूको विकास जस्ता विषयहरू आर्थिक विकासमा पर्दछन् । त्यस्तै हामीले देशको स्रोत र साधनहरु परिचालन गरि आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने र यसमा दिगोपनाको प्रत्याभूति गर्न सक्नुपर्छ ।

सीमित श्रोत र साधनको विवेकशील उपयोग गरी लक्षित उद्देश्य हासिल गर्ने समयवद्ध क्रियाकलापको एकमुष्ट रूपबाट अगाडि बढनु पर्छ । नेपालको विकास देखिए जति कठिन पनि छैन, जति हामीले सोच्ने गरेका छौं । नेपालले विकासका लागि सही गति लिन नसकेको अवस्था मात्र हो ।

यसर्थ पनि दिगो विकासका लागि राजनीतिक स्थिरता, कानुनी शासन, वित्तिय सुशासन, प्राविधिक कुशलता र प्रतिफलको न्यायोचित वितरण गरि नागरिकलाई आत्मनिर्भर गराउने यो एउटा परिकल्पना हो । यस परिकल्पनाका लागि सरकार, निजि क्षेत्रका साथै सरोकारवाला निकायहरुको सहयोग, समन्वयन र सहकार्य नितान्त आवश्यक छ । समृद्ध नेपाल, सुखि नेपालीको परिकल्पनालाई पुरा गर्न सबैको ध्यान समयमा नै सुशासन कायममा पुगोस ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

संसद अवरोधका कारण नियमित रुपमा हुने संसदीय अभ्यास, कानून निमार्ण र जनताका सार्वजनिक महत्वका विषय ठप्प भएका छन् । प्रतिपक्षको

संविधानको रक्षक बन्नुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारी त्यसको मर्म विपरीत भूमिकामा प्रस्तुत भएपछि राजनीतिको वक्रदृष्टिले विद्यमान व्यवस्थाकै निम्ति परम चिन्ताको विषय

स्थानीय सरकार नागरिकको नजिकको सम्पूर्ण भरोसा, सुशासन र समुन्नतिको प्रारम्भीक विन्दु हो । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन

विश्वभरी नै वर्षैपिच्छे फरक फरक नाराहरू लिएर फागुन २४ अर्थात मार्च ८ मा नारी दिवस मनाउने गरिन्छ । यस वर्षको